रामेछापको भुजिमा बिहिबार र शुक्रबार एकिकृत घुम्ति शिविर सञ्चालन हुदै।।

२० फागुण बिहिबार २०७२

रामेछाप जिल्लाको दुर्गममा भेगका जनताको घर दैलोमै पुगेर विविध सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बिहिबार र शुक्रबार  एकिकृत घुम्ती सेवा सञ्चालन हुने भएको छ । भुजीको कोलडाडामा दुई दिन सञ्चालन हुने उक्त शिविरमा नागरिकता परिचयपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहितको मतदाता नामावली, स्वास्थ्य परीक्षण, कृषि सेवा, पशु सेवा, टेलिकम सेवा, आयुर्वेदिक उपचार, जनचेतना र परामर्श लगायतका विविध सेवा सुविधाहरु उपलब्ध गराईने  प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो । उहाँले भुजी र छिमेकी गाविसका नागरिकहरुलाई शिविरमा आई  आवश्यक सेवा सुविधाहरु लिन सबै नागरिकहरुलाई आग्रह पनि गर्नुभएको छ । शिबिरका लागी सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको नेतृत्वमा विभिन्न कार्यालयका कर्मचारीहरु सम्मिलित एक टोली भुजी गाविसमा पुगिसकेको बताईएको छ ।

0 Response to "रामेछापको भुजिमा बिहिबार र शुक्रबार एकिकृत घुम्ति शिविर सञ्चालन हुदै।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ