श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैदको फैसला।।
१८ फागुण मंगलबार
२०७२
आफ्नै श्रीमतीको
घाँटी थिची हत्या गरेको अभियोगमा रामेछाप भटौलीका एक व्यक्तिलाई रामेछाप जिल्ला
अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । भटौलीका ४२ वर्षीय नेत्रबहादुर
मगरलाई जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले अंश
सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । अभियुक्त मगरले ४ सन्तानकी आमा ३५ वर्षीय
पदमकुमारी मगरलाई पुस १० गते छोराछोरीलाई बाहिर निकाली कोठा थुनेर पदमकुमारीको
कर्तव्य गरी हत्या गरेको जाहेरी मृतकका दाजुले दिएको अदालतका डिठ्ठा दुर्गाप्रसाद
सत्यालले जानकारी दिनुभयो । पुर्पक्षका लागि थुनामा रहेका मगरलाई हिजै कारागार
चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार मनोजकुमार श्रीवास्तवले बताउनुभयो ।
0 Response to "श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैदको फैसला।।"
Post a Comment