बेलायती राजकुमार ह्यारी र राष्ट्रपति भण्डारीबिच भेटवार्ता।।

चैत  आईतबार २०७२

 नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आईतबार भएको भेटवार्तामा नेपाल बेलायतबिचको सम्बन्धको बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राकुमार ह्यारीले यो हप्ता हुने बालिका सम्मेलनको अवलोक गर्न लागेको प्रति खुसी पनि व्यक्त गर्नुभयो । नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आउनुभएको राजकुमार ह्यारीले शिनबार नै प्रधानमन्त्री केपी ओलीलाई भेट्नुभएको थियो ।

0 Response to "बेलायती राजकुमार ह्यारी र राष्ट्रपति भण्डारीबिच भेटवार्ता।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ