कांग्रेसको नयाँ नेतृत्वका लागि आईतबार चुनाव हुँदै , सभापति र महामन्त्रीका लागि त्रिपक्षीय भिडन्त।।

२३ फागुण आईतबार २०७२
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आईतबार चुनाव हुँदैछ । कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज दिउँसो ४ बजेसम्म निर्वाचनको समय तय तोकिएको छ । देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । ६४ पदका लागि ३ सय १२ जनाले उम्मेदवारी दिएका छन् । काठमाण्डुको सभागृहमा मतदान प्रक्रिया सुरु हुँदैछ । निर्वाचन समितिमा सचिव प्रदीप पराजुलीले ९ बजेभित्र मतदान सुरु हुने जानकारी दिनुभयो । सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ । पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन् । मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको पराजुलीले जानकारी दिनुभयो । बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्द्रिीय सदस्यका लागि तयार पारिएको छ ।  अपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको उहाँले जानकारी दिनुभयो । 


यसैबिच कांग्रेसको सभापति र महामन्त्रीका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा उत्रिनु भएको छ । सभापतिमा  ५० प्रतिशतभन्दा एक मत बढी ल्याउनुपर्ने हुन्छ ।
महामन्त्री सहित अन्य पदका लागि बढी मत ल्याउने उम्मेदवार विजयी हुने छन् ।सभापतिको परिणाम घोषणापछि मात्रै अन्य पदका लागि मतगणना हुनेछ ।
त्यतिन्जेल ति मतपेटिका पार्टी कार्यालय सानेपामा रहनेछन् । सभापतिको मतगणना सभागृहमा भएपनि अन्य मतगणना सानेपामा हुनेछ ।  सभापति बाहेकको मतगणना भोलि बिहानबाट सुरु हुनेछ ।
महामन्त्रीमा अर्जुननरसिंह केसी, गगनकुमार थापा, शशांक कोइराला र कोषाध्यक्षमा उमाकान्त चौधरी, कृष्ण कार्की, चित्रलेखा यादव, सीतादेवी यादव प्रतिस्पर्धामा रहनु भएको छ । खुला २५ पदका लागि ९० जना, महिला ६ पदका लागि ३८ जना  र मधेसी ३ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । मधेसी महिला २ पदका लागि ९ जना, आदिवासी जनजाति ३ पदका लागि ४० जना, आदिवासी जनजाति महिला २ पदका लागि १२ जना र दलित ३ पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै दलित महिला २ पदका लागि ५ जना , मुस्लिम १ पदका लागि ६ जना ले मनोनयन दर्ता गरेका छन् ।

0 Response to "कांग्रेसको नयाँ नेतृत्वका लागि आईतबार चुनाव हुँदै , सभापति र महामन्त्रीका लागि त्रिपक्षीय भिडन्त।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ