आदिवासि जनजाति उत्थानको निम्ती आफ्नो पाटि प्रतिबद्ध रहेकोःएमाओवादि सांसद श्रेष्ठ ।।

१५ चैत्र सोमबार २०७२

एकिकृत नेकपा माओवादिका सांसद श्याम कुमार श्रेष्ठ (कुसल)ले आदिवासि जनजातिको उत्थानको निम्ती आफ्नो पाटि प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाँले नयाँ संविधानमा नागरिक अधिकारको निमित्त विभिन्न बलिदानका कुरा उल्लेख भएकाले सबैको अधिकार समाबेस भएको दाबि गर्नुभयो । रामेछापको सदरमुकाम मन्थलिमा आदिवासि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनि अधिकारमा आधारित  प्रशिक्षण तथा साक्षर कार्यक्रमको उद्घाटन समारोहलाई आईतबार सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि , जनजाति समुदाय विभिन्न व्यक्तित्वहरु , विभिन्न संघ संस्थाका प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।।

0 Response to "आदिवासि जनजाति उत्थानको निम्ती आफ्नो पाटि प्रतिबद्ध रहेकोःएमाओवादि सांसद श्रेष्ठ ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ