न्युजिल्याण्डका पूर्व क्रिकेट कप्तान मार्टिन क्रोको ५३ वर्षको उमेरमा निधन ।।

२० फागुन  बिहिबार -२०७२

न्युजिल्याण्डका पूर्व क्रिकेट कप्तान मार्टिन क्रोको  क्यान्सर रोगका कारण ५३ वर्षको उमेरमा निधन भएको हो । सन् १९६२ को सेप्टेम्बर २२ मा अकल्याण्डमा जन्मेका क्रोलाई न्युजिल्याण्डका अहिलेसम्मकै उत्कृष्ट ब्याट्सम्यानको रुपमा लिइन्छ । क्रोले क्रिकेट करिअरमा खेलका ७७ टेस्ट क्रिकेटमा ४५ दशमलव ३६ को औसतमा पाँच हजार चार सय ४४ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा १७ शतक बनाएका थिए ।
उनले १७ टेस्टमा न्युजिल्याण्डको कप्तानी गरेका थिए । उनले बनाएको सर्वाधिक स्कोर दुई सय ९९ सय हो, उनले यो स्कोर सन् १९९१ मा बेलिङगटनमा भएको श्रीलंकासँगको खेलमा बनाएका हुन् । उनी सन् १९८५ मा वर्ष क्रिकेट खेलाडी बनेका थिए । सन् १९९२ को विश्वकपमा उनी प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए ।उनले त्यो विश्वकपका ९ खेलमा चार सय ५६ रन बनाएका थिए । क्रो पछिल्लो समय क्रिकेट कमेन्टेटरको रुपमा कार्यरत थिए । उनलाई लागेको क्यान्सर सन् २०१२ मा पूर्णरुपमा निको भएको थियो तर त्यसको दुई वर्षपछि फेरि क्यान्सर बल्झिएको थियो ।

0 Response to "न्युजिल्याण्डका पूर्व क्रिकेट कप्तान मार्टिन क्रोको ५३ वर्षको उमेरमा निधन ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ