रोछापमा झण्डै ३४ हजार घर परिवारको पुन सर्वेक्षण ।।

११ चैत्र बिहिबार २०७२

भुकम्प प्रभावित आवास पूर्ननिर्माण लगत संकलन कार्यक्रम रामेछापले बुधबार सम्म सम्ममा ३३ हजार ९ सय ६५ घर परिवारको पून ः सर्वेक्षण गरेको छ । जस मध्य २२ हजार २ सय २ वटा घरहरु अपलोड भएको ईन्टर लुकुटर  अधिकृत सूरेन्द्र रावलले बताउनुभयो ।
उहाँका अनुसार अहिले सम्म सर्वेक्षण जारी छ । सरकारले नक्कली भुकम्प पिडितको संख्या बढेको भन्दै भुकम्प अतिप्रभावित सबै जिल्लामा पुन ः सर्वेक्षण थाले सँगै रामेछापमा पनि यो अभियान संचालन भएको हो । रामेछापमा प्रारम्भिक तथ्याङमा २६ हजार सात सय घरहरु क्षति भएको तथ्याङ आएको भए पनि पछिल्लो तथ्याङकमा बढेर ५२ हजार पुगेको थियो । भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत अध्ययन गर्दा देशभरमा करिब ५ लाख घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा पछि त्यो बढेर ७ लाख ७० हजार पुगेको थियो ।,

0 Response to "रोछापमा झण्डै ३४ हजार घर परिवारको पुन सर्वेक्षण ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ