काङग्रेसको खुला र प्रदेशको मतगणना आईतबार पनि जारी रहने ,,आईतबार वा सोमबार सबै परिणाम आउने।।




 ३० फागुण आईतबार २०७२
नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना आईतबार चौथो दिन पनि जारी रहने भएको छ ।
हिजो साँझसम्म १५ सय मतगणना भइसकेको छ भने अझै आधाभन्दा बढी मत गन्न बाँकी नै छ । शनिबार साँझसम्मको गनिएको मत परिणामममा सबैभन्दा अगाडि खुमबहादुर खड्का रहनुभएको छ । उहाँले ८ सय ९८ मत प्राप्त गर्नुभएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला ८ सय ८५, प्रकाशमान सिंह ८ सय ८०, रमेश लेखक ८ सय ५१, पूर्णबहादुर खड्का ८ सय ४६ र केवी गुरुङले ८ सय ४१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । त्यसैगरी, प्रदीप गिरी ८ सय ३९, प्रदीप पौडेल ८सय ३७, बालकृष्ण खाँण ८सय ३५, विमलेन्द्र निधि ८सय ३३, धनराज गुरुङ ८सय २४, महेश आचार्य ८सय१५, डा रामशरण महत ७सय ८६, बलबहादुर केसी ७सय ८५, विश्वप्रकाश शर्मा ७सय ७१, सुजाता कोइराला ७सय ६६, शङ्कर भण्डारी ७सय ४९, प्रकाशशरण महत ७सय ४०, एनपी साउद ७सय ३० र गोपालमान श्रेष्ठले ७सय ३० मत प्राप्त गर्नुभएको छ भने  चन्द्र भण्डारीले ७सय २१, डा मीनेन्द्र रिजाल ७सय१३, ज्ञानेन्द्रबहादुर कार्की ७सय१३ मतका साथ २५ जना भित्रमा पर्नुभएको छ ।
महाधिवेशनमा कुल तीन हजार १ सय ४८ मत खसेकाले मतगणना आईतबार बेलुका अथवा सोमबार बिहानसम्म गनिसक्ने निर्वाचन समितिको भनाइ छ । यसैगरी निर्वाचन समितिका अनुसार प्रदेशतर्फको मतगणना पनि जारी रहनेछ । यसअघि हिजोसम्म आरक्षणतर्फ महिला, दलित, जनजाति, मधेसीतर्फको परिणाम आइसकेको छ । मतपरिणामसम्म सभापति देउवा पक्षकै अग्रता रहेको छ ।

0 Response to "काङग्रेसको खुला र प्रदेशको मतगणना आईतबार पनि जारी रहने ,,आईतबार वा सोमबार सबै परिणाम आउने।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ