रामेछापमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको चुनौति कायमै ःमहासंघको अध्यक्ष ढुङगेल।।
१७
चैत्र बुधबार २०७२
पत्रकार महासंघ रामेछापले रामेछापमा पत्रकार हरुको भौतिक र पेशागत सुरक्षाको चुनौति
कायमै रहेको जनाएको छ । नेपाल पत्रकार
महासंघको ६१ औ स्थापना दिवका अवसरमा मंगलबार पत्रकार महासंघका रामेछापका अध्यक्ष
रमेश ढुङगेलले निकालेको बिज्ञप्तीमा मुलुकभर दण्डहिनता मौलाइरहेको , श्रमजिबी पत्रकारहरुले न्यूनतम
पारिश्रमिक नपाएको र महिला पत्रकारहरका
लागि धेरै समस्या रहेको पनि जनाईएको छ । अध्यक्ष ढुङगेलले सरकारले तयार पर्दै
गरेको संञ्चार निति चाडै जारी र कार्यान्वयन भएर सबै पत्रकारहरुले पेशागत र भौतिक
सुरक्षाको प्रत्याभुति हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले जिल्लामा नागरिक
अधिकार , प्रेस एबं अभिब्यक्ति स्वतन्त्रता को
रक्षा पत्रकारीताको विकास र श्रमजिबी पत्रकारहहरुको हक हितका लागि अग्रज
पत्रकारहरुले सुरु गरेको प्रयास सकरात्मक रहेको बिज्ञप्ती मार्फत जनाउनुभएको छ
।
0 Response to "रामेछापमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको चुनौति कायमै ःमहासंघको अध्यक्ष ढुङगेल।।"
Post a Comment