सयुक्त राष्टसंघद्धारा उत्तर कोरियामाथि प्रतिबन्ध
२० फागुण बिहिबार २०७२
सयुक्त राष्टसंघले उत्तर
कोरियामाथि प्रतिबन्ध लगाएको छ । थप प्रतिवन्धहरु लगाउने चीनको समर्थनप्राप्त
प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेस
गरिसकेको छ । प्योङयाङले हालै गरेको परमाणु र क्षेप्यास्त्र परिक्षणको पृष्ठभुमिमा
पछिल्लो कदम चालिएको वीवीसीले जनाएको छ ।
नयाँ प्रतिवन्ध अनुसार उत्तर कोरियाबाट
बाहिरिने र भित्रिने मालसामानको निरिक्षण गर्ने र उस्लाई हातहतियार बिक्रि गर्न
पूर्णरुपमा बन्देज लगाउने प्रस्ताव गरिएको छ । नयाँ प्रस्तावहरु अनुसार अब पहिलो
पटक संयुक्त राष्ट्रसंघका सदस्यहरुले उत्तर कोरिया पठाइने वा त्यहाँबाट आउने सबै
मालसामानको विस्तृत जाँच गर्नु पर्नेछ । नेपाली समय अनुसार आज बिहान गरिएको घोषणा
मस्यौदा प्रस्तावमाथि आउने सप्ताहअन्तमा मतदान हुन अपेक्षा गरिएको छ ।
0 Response to "सयुक्त राष्टसंघद्धारा उत्तर कोरियामाथि प्रतिबन्ध"
Post a Comment