बुधबार विश्व मौसम दिवस र पानी दिवस बिभिन्न कार्यक्रम गरि मनाईंदै ।।

१० चेत्र बुधबार २०७२

विश्व मौसम दिवस बुधबार विभिन्न कार्यक्रम मनाईंदैछ । पानी दिवस पनि सँगै मनाइदैछ । दिवसका अवसरमा बुधबार जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत सचेतनामूलक कार्यक्रम हुँदैछन् । बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा विशेष यस वर्षको दिवस केन्द्रित छ । विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिन्छ । विश्व पानी दिवस हिजो भएपनि बुधबारै एक दिन मनाउन लागिएको छ । दिवसमा पानी र आजीविका’ ‘गर्मी खडेरी र झरी ः सामना गर्ने गरौँ तयारीभन्ने मूल नारा तय गरिएको छ ।यसैबिचै काठमाडौंमा बुधबार बालिका सम्मेलन हुँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । सोल्टी होटेलमा हुने कार्यक्रमको उद्घाटन बिहान १० हुने प्रवक्ता नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणका लागि भएका कानुनी प्रावधान र त्यसको कार्यान्वयन लगायतका विषयमा छलफल सम्मेलनमा गरिने मन्त्रालयका सहसचिव डा किरण रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा बालबालिका, किशोरकिशोरी, युवा, समुदायका अगुवा, धार्मिक अगुवा, सरकारी तथा अन्तराष्ट्रिय स्तरका व्यक्ति, विज्ञ तथा लैङ्गिक समानता, बालबालिका तथा किशोरकिशोरीको अधिकार र सशक्तीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको सहभागिता रहने छ ।

0 Response to "बुधबार विश्व मौसम दिवस र पानी दिवस बिभिन्न कार्यक्रम गरि मनाईंदै ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ