मंगलबारबाट ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट सुरु हुदै¸प्रतियोगीतामा १६ टिमको सहभागिता रहने।।
२५ फागुण मंगलबार २०७२
आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट मंगलबारदेखि भारतमा सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको आयोजनामा हुन लागेको छैटौँ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितमा आइसिसीका १० स्थायी
सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६
टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत मंगलबारदेखि पहिलो चरणको खेल हुनेछ
। पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन
तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् । दुई समूहमा
विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात
सुपर टेनमा प्रवेश गर्ने छन् ।
पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र
अफगानिस्तान छन् । यी दुई समुहका विजेताले सुपर टेनमा आयोजक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा
वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् ।सुपर टेनको समूह ‘ए’ मा पहिलो चरणको
समूह ‘बी’ को विजेता
राष्ट्र, श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइन्डिज र इंग्ल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा पहिलो चरणको
समूह ‘ए’ को विजेता
राष्ट्र, भारत, पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्याण्ड छन् ।
प्रतियोगितका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । पहिलो चरण अन्तर्गत मंगलबार
नागपुरमा हङकङ र जिम्बाबे तथा अफगानिस्तान र स्कटल्याण्डबिच खेल हुनेछ ।
दोस्रो
चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुनेछ । प्रतियोगिता चैत २१ गते सकिने छ । आयोजक
राष्ट्र भारत उच्च मनोबलका साथ प्रतियोगितमा सहभागी हुँदैछ । आइतबार बेलुका एसिया
कप क्रिकेटको उपाधि उचालेको भारत अहिले आइसिसीको ट्वेन्टी–ट्वेन्टी र्याङकिङमा पहिलो स्थानमा छ । बंगलादेशलाई हराएर
भारतले उपाधि उचालेको हो । भारत ट्वेन्टी–ट्वेन्टी
विश्वकपको अघिल्लो संस्करको उपविजेता हो । सन् २०१४ मा भएको प्रतियोगितामा भारत
श्रीलंकासँग पराजित भएर उपविजेतामा सीमित भएको थियो । भारतले सन् २००७ मा विश्वकप
उपाधि जितेको थियो ।

0 Response to "मंगलबारबाट ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट सुरु हुदै¸प्रतियोगीतामा १६ टिमको सहभागिता रहने।।"
Post a Comment