भुकम्प र नाकाबन्दीले सुस्ताएको रामेछापका सडक खण्डको काम तिब्र ।।
१४ चैत्र आईतबार २०७२
भुकम्प र नाकाबन्दिका कारण सुस्त भएको रामेछाप मन्थली— गाल्पा—चौरी खोला सडक
खण्डको काम तिब्र रुपमा हुन थालेको छ ।नाकाबन्दिका कारण समान ढुवानी हुन नसकेका कारण सुस्ताएको काम नाकाबन्दि खुले
सँगै तिब्र रुपमा हुन लागेको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख बिजयमुनी
वज्राचार्यले बताउनुभयो । सो सडक खण्ड
अन्तर्गत ८५ वटा उप समुह निर्माण गरि गाल्पा देखि मानपुर, गुरास,े लखपुर हुँदै
चौरी खोला सम्म हजारौको संख्यामा रहेका कामदारहरुले काम गरिरहेका छन । स्थानीय सडक
सुधार कार्यक्रम (लिरीप) अन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडक खण्डमा समान कामका
लागि समान ज्याला पाउने भएपछि महिला र पुरुष बराबरी संख्यामा काममा जुटेको
स्थानियहरुको भनाई छ ।
0 Response to "भुकम्प र नाकाबन्दीले सुस्ताएको रामेछापका सडक खण्डको काम तिब्र ।।"
Post a Comment