विमान अपहरण गर्न प्रयोग भएको आत्मघाती बम नक्कली
१७
चैत्र बुधबार २०७२
इजिप्ट
एयरको विमान अपहरण गर्ने व्यक्ति सैफ अलदिन मुस्तफाले प्रयोग गरेको आत्मघाती बम
(विस्फोटक पदार्थले भरिएको पेटी) नक्कली रहेको खुलासा भएको छ । मंगलबार दिउँसो
मुस्तफाले इजिप्टको अलेक्जेन्ड्रियाबाट काएरोका लागि उडेको इजिप्ट एयरको फ्लाइट
एमएस १८१ विमान अपहरण गरेर साइप्रस लगेका थिए । उनले आफ्नो शरीरमा आत्मघाती
बमसहितको पेटी रहेको बताएर पाइलटलाई विमान गर्न लगाएर साइप्रसको लार्नाका
विमानस्थलमा अवतरण गर्न लगाएका थिए ।मुस्तफाले प्रयोग गरेको आत्मघाती बम नक्कली
रहेको इजिप्टका अधिकारीले बताएका छन् । विमान अपहरणको स्पष्ट कारण अझैसम्म खुलेको
छैन, तर
यो घटना आतंककारी मनसायले नभएको इजिप्टका आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।
अपहरणकारीले विमानका सबै यात्रु तथा चालकदलका सदस्यलाई कुनै नोक्सानी नपुर्याई
छोडेका थिए । अपहरण गर्ने मुस्तफा मनोवैज्ञानिक रुपमा अस्थिर रहेको साइप्रसका
अधिकारीले बताएका छन् । मुस्तफाले साइप्रसमा रहेकी आफ्नी पूर्व श्रीमतीसँग कुरा
गर्न चाहेपछि उनलाई प्रहरीले विमानस्थल ल्याएको थियो । काएरोमा रहेको प्रहरीले
मुस्तफाका आफन्तसँग सोधपुछ गरिरहेको छ । एयर बस ए ३२० विमानमा ५६ जना यात्रु, चालक दलका ६ जना र एक जना सुरक्षा
अधिकारी थिए ।

0 Response to "विमान अपहरण गर्न प्रयोग भएको आत्मघाती बम नक्कली"
Post a Comment