१ सय ६ औँ नारी दिवसका उपलक्ष्मा रामेछापका बिभिन्न ठाँउमा बिभिन्न कार्यक्रमहरुको आयोजना ।।।
२६ फागुण बुधबार २०७२
रामेछापको मझुवा गाविसमा
१ सय ६ आँै नारी दिवसका अवसरमा मंगलबार”लैङ्गिक समानताका लागि पाइला हाराहारी सन् २०३० सम्म हिस्सा
बरबरी ”भन्ने नारका
साथ नारि दिवस विशेष कार्यक्रम गरिएको छ
।सामुदायिक विकास समाज मन्थलिद्धरा सञ्चालित महिला तथा बाल सशत्तीकरण ,स्वास्थ्य तथा
सरसफाई परियोजनाको सहयोगमा एकता स्वास्थ्य महिला संञ्जाल मझुवाको आयोजनामा गाविस स्तरिय महिला सञ्जाल
का अध्यक्ष भवानि रञ्जितको अध्यक्षता
कार्यक्रम भएको हो । कार्यक्रममा गाउँ
परिक्रमा ¥यालि सँगै
विभिन्न जनचेतना मुलक एवम् साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
यस्तै रामेछाप जिल्लाको
मन्थली नगरपालीमका १५ चिसापानी
रिठ्ठेमा पनि नारी दिवसको अवसर पारि
जनचेतना मुलक लोक गित प्रयिोगीता भएको छ । चम्पादेबि आमासमुह रिठ्ठेको आयोजनामा
भएको प्रतियोगीतामा भाग लिएका समुहहरुले महिला हिंसा रोकथाम कसरी गर्न सकिन्छ
जनचेतना मुलक शब्दहरुलाई लोकगितमा ढालेर गाएका थिए । ५ टिम सहाभागी सो
प्रतियोगीतामा मिलन आमा समुह गैरीगाउँ
पहिलो , चम्पादेबि आमा
समुह रिठ्ठे दोस्रो , जनाजागृति आमा
समुह चिउरीपानी तेसा्रे, सागर आमा समुह पडारे चौथो र राधाकृष्ण आमासमुह
सिन्की डाँडाँ सान्त्वना भएका छन् । प्रतियोगीतामा बिजेता हुने पाँचवटै आमा
समुहहरुलार्ई स्वास्थ्य सामाग्री बितरण गरिको स्थानीय गंगामाया पुलामीले जानकारी
दिनुभएको छ ।
0 Response to "१ सय ६ औँ नारी दिवसका उपलक्ष्मा रामेछापका बिभिन्न ठाँउमा बिभिन्न कार्यक्रमहरुको आयोजना ।।।"
Post a Comment