रामेछापको सञ्चार क्षेत्रको बिकाशमा सक्दो सहयोग गर्ने प्रजिअ पौडेल ।।

७ चैत्र आईतबार २०७२

रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले रामेछापको सञ्चार क्षेत्रको बिकाशमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो गर्नुभएको छ ।
रामेछापबाट प्रकाशित मालश्री साप्ताहिकले आयोजना गरेको दुई दिने आधारभुत पत्रकारिता तालिमको सदरमुकाम मन्थलीमा शनिबार भएको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सबै सूचनाबाट कोहि पनि टाढा हुन नहुने मान्यता राख्नुहुने प्रमुख जिल्लाअधिकारी पौडेलले रामेछापमा सबै सेक्टरबाट सहयोग गरेरे सकेसम्म नागरिकहरुमा महत्वपुर्ण सूचना पु¥याउन आफु कटिबद्ध रहेको बताउनुभयो । ५५ जना प्रशिक्षार्थी सहभागी तालिममा सञ्चारकर्मीहरु ओम भण्डारी, नारायण अमृत र माधब बस्नेतले पत्रकारिताका बिभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो ।  सो अवसरमा स्थानिय बिकास अधिकारी दिनेशराज पन्त ,प्रहरि प्रमुख मोहन कुमार परियार,प्राध्यापक पेसल आचार्य लगाएतले मँन्तब्य राख्नुभएको थियो । सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

0 Response to "रामेछापको सञ्चार क्षेत्रको बिकाशमा सक्दो सहयोग गर्ने प्रजिअ पौडेल ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ