पाकिस्तानमा विषाक्त रक्सीले गयो २४ जनाको ज्यान।।
१० चेत्र बुधबार
२०७२
पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको
ज्यान गएको छ । दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त
रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ ।
स्थानीयस्तरमा
बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय
अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा
अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ
। पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ । हिन्दुसहितका
अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर
पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन् ।पाकिस्तानमा विषाक्त रक्सीका
कारण ज्यान जाने गरेका घटना यसअघि हुने गरेका थिए । सन् २०१४ मा केही दिन भित्रै
विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो । 
0 Response to "पाकिस्तानमा विषाक्त रक्सीले गयो २४ जनाको ज्यान।।"
Post a Comment