रामेछापमा भुकम्प स्मृति दिवस मनाईने ।।




रामेछाप । बैशाख ६
रामेछाप जिल्लामा बैशाख १२ गते गएको विनासकारी भूकम्पको सम्झनामा स्मृति दिवस मनाईने भएको छ । जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो ।
आगामि  बैशाख १२, १३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरिे भुकम्प स्मृति दिवस मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो । स्मृति सभाकोलागि कार्यालय प्रमुख लगायतका कर्मचारीहरुलाई बैशाख १२ गते दिनको ११ बजे जिल्ला विकास समितिको प्राङ्गणमा भेला हुनेछन्  ।
उक्त कार्यक्रममा सरिक हुन सांसद, राजनीतिक दलका नेता कार्यकर्ता लगायत सवैलाई अनुरोध गरिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा जिल्ला प्रसासनमा बसेको कार्यालय प्रमुखहरुको वैठकमा यस्तो निर्णयहरु गरिएको हो ।
भूकम्प स्मृति दिवसको अवसरमा कार्यालयहरुले पुर्ननिर्माण सम्बन्धी कुनै नयां कामको थालनी, घोषणा वा प्रतिवद्धता जनाउन सकिने भए सो को जानकारी ३ दिन भित्र जिविस वा जिल्ला प्रशासनमा गराउने पनि आग्रह गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई जानकारी गराएर त्यस प्रकारका कार्यक्रमको शुरुवात र सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले वैशाख १० गते हुने निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचनलाई सफल तुल्याउन सबै कार्यालयहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय पनि गरेको छ। यस्तै सम्पूर्ण कार्यालयहरुले आफ्नो र मातहतका कार्यालयमा रहेको कर्मचारीहरुको कूल दरवन्दी, हालको पदपूर्तिको अवस्था सहित कार्यरत कर्मचारीहरुको स्थायी ठेगाना समेतको विवरण ३  दिन भित्र जिल्ला प्रशासन कार्यालयलाई  उपलब्द गराउन बैठकले आग्रह गरेको छ । साथै आफू र मातहका सम्पूर्ण कार्यालयहरुले पुराना सवारी साधन, फर्निचर लगायतका सामाग्री अनिवार्य रुपमा लिलाम गरि सरकारी कागजात धुल्याउने नियम, २०१७ अनुसार काम नलाग्ने कागजात धुल्याउने बैठकले निर्णय गरेको
छ।

0 Response to "रामेछापमा भुकम्प स्मृति दिवस मनाईने ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ