रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु ।।
२२ चैत्र सोमबार
२०७२
भूकम्प प्रभावित
जिल्लामध्ये रामेछापमा पनि आजदेखि अनुदान बितरणको प्रक्रिया सुरु भएको छ ।
रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान वितरणको
प्रक्रिया अगाडि बढेको हो ।
सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रममा पुननिर्माण
प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरीप्रसाद शर्माले रामेछाप
जिल्लामा साविकको ओख्रेनी गाविसका वडा नं १ देखि ९ सम्मका अनुदान पाउने ७ सय ५९
घरधुरीकोे सूची आईतबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले सूचीमा परेका
भुकम्पपिडितहरुले लगत संकलन गर्दा दिइएको अधकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको लालपुर्जा लगाएतका कागजात समावेश
गरी गाविस÷ तथा नगरपालिकाका
कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । शर्माले
कर्मचारीको अभाव, कार्यविधी अझै
अपूर्ण रहँदा पुर्ननिर्माण कार्यमा ढिलाइ भएको स्वीकार्नु भयो । उहाँका अनुसार
सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । रामेछापको
राजनितिक दलहरुले पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले प्राविधिकरणले तत्काल गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य
तिब्र पारी जनतालाई बर्षाद अगिनै छानाभित्र बस्ने व्यवस्था गर्नुपर्ने बताएका छन्
।
0 Response to "रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु ।।"
Post a Comment