बाढि पहिरोको जोखिमा रहेको नागरिकहरुलाई सतर्कता अपनाउन जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापको आग्रह

रामेछाप । साउन १३ गते, मंगलबार
जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापले बर्षातको समयमा हुने जोखिमलार्ई ध्यान दिदै त्यस्ता घटना भए जानकारी गराउन सबैसंग आग्रह गरेको   छ । जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हस्ताक्षेर गरेको सूचनामा जोखिमपुर्ण अवस्थाको सिर्जना भएमा जिल्ला प्रशासन कार्यालयको फोन नम्बर ०४८—५४०१३३ र ०४८ —५४००८८ मा सम्पर्क गरेर जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नेपाली सेना ०४८ —४००००९ नेपाल प्रहरी १०० र ०४८ —५४००९९ ,शशस्त्र प्रहरीबल ०४८ —५४०४७८ मा सम्पर्क गरि जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नजिकैको प्रहरी चौकी ,नगरपालीका र गाविसको कार्यालयमा जानकारी गराउन पनि सबै नागरिक संग आग्रह गरेको छ ।
रामेछापको दुरागाउँ,भुजि ,लखनपुर,नामाडि ,गुम्देल,खिम्ती गाविसहरुका बाढि पहिरोको जोखिममा रहेको ठाँउहरुका नागरिहरुलाई सुरक्षित ठाँउमा बसोबास गर्न र बेलैमा पुर्व तयारी गर्न पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले आग्रह गरेको छ । त्यसैगरि खोला ,नदिकिनार र भिरमुनी रहेका बस्तीका नागरिकहरुलाई पनि बेलैमा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै जोखिम पुर्ण क्षेत्रका नागरिकहरुलाई नजिकको सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण को आवश्यक व्यवस्था मिलाउन स्थानिय निकायहरुलाई पनि अनुरोध गरेको छ ।केहिदिन अघि आएको पहिरोमा परि भुजि गाविसमा भएको क्षेतिको बिबरणका बारेमा पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी गराएको छ । पहिरोमा परि भुजि गाविसको वडा नम्वर २ मा ६ घर पुरिएको र १५ वटा चौपाएहरुको मरेको जानकारी दिएको छ । घटना हुन साथ जिल्लाका सरोकारवाला निकाय सबै परिचालन गरि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारि आवश्यक प्रबन्ध मिलाएको  जानकारी दिएको छ ।  त्यस्तै जिल्लाका बिभिन्न ठाउमा अबरुद्ध सडक खुलाई  सुचारु गर्ने प्रयास जारी रहेको पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।

रामेछापको पिङ्खुरिमा गाउँघर क्लिनिक सेवा सुढृणिकरण अभिमुखिकरण सम्पन्न

रामेछाप । साउन १३ गते, बिहिबार
रामेछापको पिङ्खुरि गाविस वडा नम्बर ४ मा सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवा सुढृणिकरण सम्बन्धि अभिमुखिकरण तालिम बुधबार सम्पन्न भएको छ । स्वास्थ्य चौकि पिङ्खुरि को आयोजना तथा पाहाडि समाज केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अतिरिक्त पोषण स्वास्थ्यका महेष प्रसाद विष्ट र मनिषा श्रेष्ठले तालिममा सहजिकरण गर्नुभएको थियो । तालिममा गाउँघरमा रहेका क्लिनिक हरुमा कसरि सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति , वुद्धिजिवि तथा सर्वसाधरणको सहभागिता रहेको थियो । यसैबिच कार्यक्रम बाट सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवाको नयाँ समिति पनि गठन भएको छ । सरिता खत्रिको अध्यक्षतामा ८ जनाको समिति गठन गरिएको पिङखुरिबाट सामुदायिक रिर्पोटर सरिता खत्रिले जानकारि दिनुभयो ।

यो मायाको संसार यस्तै यस्तै हो । अंक 3

यो मायाको संसार यस्तै यस्तै हो । अंक २

यो मायाको संसार यस्तै यस्तै हो । 1

आर्थिक बर्ष २०७२÷७३ मा रामेछापबाट १४ हजार २ सय ८२ नागरीकता बितरण

रामेछाप । साउन १० गते, सोमबार
जिल्ला प्रशासन कायलय रामेछापबाट आर्थिक बर्ष २०७२÷७३ मा १४ हजार २ सय ८२ जाना नागरिकहरुले नागरीकताको प्रमाणपत्र लिएका छन् । जसमध्ये बंशजका आधरमा सक्कल नागरीकता ९ हजार ५ सय ४३ जनाले बनाएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रशासनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा प्रतिलीपी ४ हजार ७ सय ३२ र बैबाहिक अंगिकृत नागरीकता ३ जनाले लिएका छन् । यस्तै नावालक तथा नावालीका परिचय पत्र १ सय ८९ जनाले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामेछापको डडँुवामा मेलमिलाप कर्ता छनौट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रामेछाप । साउन १० गते, सोमबार
रामेछापको डडँुवा गाविसमा मेलमिलाप कर्ता छनौट  तथा अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्डका कार्यक्रम संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । त्यसैगरि तालिम अधिकृत अधिबक्ता पाण्डब प्रसाईले मेलमिलाप , यसको आवश्यकता र मेलमिलाप को प्रक्रिया को बारेमा जानकारि गराउनुभयो । कार्यक्रममा डडँुवा गाविसका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, स्थानिय समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम बाट गाविसमा तालिम लिने २७ जना मेलमिलाप कर्ताहरुको नाम छनौट समेत गरिएको छ ।

Powered by सुदिप श्रेष्ठ